काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो । कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गर्नुभएको हो ।
काठमाडौ : नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा आज इजलासको सुरूमै सुनुवाइ गर्न लागेको सर्वोच्च अदालतले जनाएको छ। लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले
काभ्रेपलान्चोक : नेपाल व्यवसायिक बाख्रापालक महासघंको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बनेपामा भएको अधिवेशनबाट गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन भएको छ। केन्द्रीय सदस्यमा निवाचित कुशल अधिकारीका अनुसार शनिबार सम्पन्न अधिबेशनबाट सर्बसम्मत महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।
काठमाडौँ । सिजी नेटको इन्टरनेट सेवामा पुनः समस्या देखा परेको छ। इन्टरनेट नचलेको र ग्राहक सेवा केन्द्रमा समेत सम्पर्क हुन नसकेको भन्दै सेवाग्राहीहरू एकाएक सामाजिक सञ्जालमा आक्रोशित बन्दै खरो उत्रिरहेका छन्। इन्टरनेट हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ, यति धेरै, कि संयुक्त राष्ट्रले पनि इन्टरनेट पहुँच मानव जातिको एक
काठमाडौ :नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा सँगै
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ । राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान
काठमाडौ : राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ। पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस,
सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा
दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ । करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो ।
उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागतरुपमा विश्वकर्मा (चँदरा) जातिले उत्पादन गर्दै आएका काठका ठेका, ठेकी, हर्पे, दूध दुहुँने धुनेरोलगायत हस्तकलाका सामग्री उत्पादन गर्ने पेसा लोप हुँदै गएको छ । मध्यपहाडी क्षेत्रको बाँसबोटे, तावाश्री, यारीखोला तथा पश्चिमी पहाडी क्षेत्रको रुपाटारसहित पूर्वी क्षेत्रको बबला, चौदण्डी क्षेत्रमा काठका सामग्री हिजोआज उत्पादन हुन छाडेका