२७ फागुन, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति
काठमाडौ : सांसद चन्द्र भण्डारीज्यूको स्वास्थ्य अवस्थाा उल्लेख्य सुधार भएको छ । शुक्रवार साँझ ०६ः३० बजे सम्ममा स्वास्थ्यमा राम्रो सुधार भईरहेको चिकित्सकले जनाएका छन् । उनको आईबिसियू, ग्राउण्ड तला, नेशनल बन्र्स सेन्टर, नबी मम्बई, महाराष्ट्र, भारतमा उपचार भइरहेको छ। डा. सुनिल केश्वनीले काउन्सिलिंग गरिरहेका छन् । अस्पताल भर्ना भएको २३औं
२७ फागुन, एजेन्सी। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ । यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा उनीहरूको परिसरभित्र सुरक्षित संरचनाहरू निर्माण गरी सेवा प्रबाह गर्नुपर्नेछ । स्वास्थ्यमन्त्री फहरेटिन कोकाले दक्षिणी प्रान्त हातेयमा शुक्रबार पत्रकारहरूसँग भने, “हामीले स्वास्थ्य संस्थाहरूको
२७ फागुन, जाजरकोट। जाजरकोटका पालिकाले सन् २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी
२७ फागुन, पाल्पा । डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य शुरू गरेको छ । पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा ज्येष्ठ नागरिक, अपाङ्गता परिचयपत्र डिजिटल माध्यमबाट वितरण गर्न थालिएको हो । रामपुर–३ बोहरीडाँडा बस्ने ७४ वर्षीय टोपबहादुरसिंह ठकुरीबाट परिचयपत्र वितरण कार्य शुरू भएको छ । डिजिटल प्रविधिको परिचयपत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको हो । यसको सदस्यमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु हुनेछ । अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम,
२७ फागुन, काठमाडाैँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ
आज मिति २०७९ साल फागुन २७ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । यात्रा तथा धार्मिक रुचि बढ्नेछ । वृष– आफन्तबाट धोका मिल्नेछ
बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
२६ फागुन, काठमाडाैँ । नेकपा एमालेले मुलुकको उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । एमालेले खसआर्यबाहिरबाट महिला उम्मेदवार उठाउने भएको जानकारी दिइएको छ। उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नका लागि एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ । संविधानको धारा ३८ को उपधारा ४३ अनुसार निर्वाचन आयोगले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको