Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण


२४ असार ,ताप्लेजुङ । असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री शनिबार वितरण भएको हो । प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ ।

पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाले जानकारी दिए ।

राहत वितरणका लागि प्रदेशसभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो ।

यता बाढीपहिराबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?