Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण


२४ असार ,ताप्लेजुङ । असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री शनिबार वितरण भएको हो । प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ ।

पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाले जानकारी दिए ।

राहत वितरणका लागि प्रदेशसभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो ।

यता बाढीपहिराबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?