Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा


२४ असार ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् ।

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्त्वपूर्ण कार्य भएको धारणा राखे ।

मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रिमण्डल गठनमा सहमति रहेको र यसमा कुनै विवाद छैन भन्दै नेकां दुई, नेकपा (मोओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादवादी) एक, समाजवादी पार्टी नेपालले एकजना मन्त्री पठाउने निर्णय भएको जानकारी दिए ।

उनले वर्तमान सरकारले ३० दिनभित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?