Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण


२४ असार ,काठमाडौँ । कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

राष्ट्रिय पाठ्क्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो ।

बोर्डको बाग्मती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोही अनुसार भर्ना गर्न र गराउन भनेको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?