Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण


२५ असार ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरेका थिए ।

भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् । कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए । “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो”, उहाँले भन्नुभयो “प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”

यसअघि स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताव । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए । वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको अभाव भएको वडासचिव गिरिराज शर्माले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताउनुभयो । धैलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विसं २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो ।

रु ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विसं २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो । नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?