Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण


२५ असार ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरेका थिए ।

भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् । कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए । “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो”, उहाँले भन्नुभयो “प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”

यसअघि स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताव । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए । वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको अभाव भएको वडासचिव गिरिराज शर्माले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताउनुभयो । धैलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विसं २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो ।

रु ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विसं २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो । नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?