Trending
>>   महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ ११ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः सिके राउत >>   आज पनि रवि लामिछाने निकिताकै जिम्मामा ! >>   दिनेश त्रिपाठीले आचरणविपरीत काम गरेः न्यायाधीश समाज >>   जाला कांग्रेस सांसद गुरुङको सांसद पद? निलम्बन फुकुवाको फैसला पुनरावलोकनकाे बाटाेमा ! >>   देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती ! >>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी?
Logo
११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

समाचार


चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

३ चैत्र, एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

शेरबहादुर देउवाले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान

३ चैत्र, काठमाडाैँ । उपराष्ट्रपति चयनका लागि भइरहेको मतदानमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मतदान गरेका छन् । उनले केही बेरअघि नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर मतदान गरेका हुन् । ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३

न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत

३ चैत्र, एजेन्सी। यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् । प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन्

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ

३ चैत्र, काठमाडाैँ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

३ चैत्र, काठमाडाैँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताएका छन् । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उनले भने, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

३ चैत्र, काठमाडाैँ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे

राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने

३ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार दिउँसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसअघि शुक्रबार बिहान  प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमका खेलाडीहरूसँग भेट गरि जनही तीन लाख पुरस्कार दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान

३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी

विसं २०८० मा ३५ दिन सार्वजनिक बिदा, कार्यालय खोल्ने र बन्द गर्ने समय पनि तोकियो

३ चैत्र, काठमाडाैँ । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो

पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान

३ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनिहरुले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु

सम्वन्धित समाचारहरु