Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते


१ ,श्रावण ,मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा हिजो साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन् ।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए।

फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?