Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते


१ ,श्रावण ,मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा हिजो साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन् ।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए।

फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?