Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कर्णालीमा आज सार्वजनिक बिदा


१ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ । बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।

त्यस्तै, यहाँका नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलङ्गामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिए ।

वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ । यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?