Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

खोलाले बगाउँदा एकको मृत्यु


१ ,श्रावण ,मकवानपुर  ।  मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा बागमती खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङ का ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा मृत्यु भएको हो ।

मकवानपुर जिल्ला प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बागमती खोला तर्ने क्रममा खोलाले बगाई लघुदोर्जे को मृत्यु भएको हो । खोलाले बगाएर बीच भागमा ढुंगामा अड्किएको अवस्थामा उनको शव निकालिएको छ । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता कार्कीले जानकारी दिए ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?