Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


मध्य सिरियामा विस्फोटमा ४ जनाको मृत्यु

एजेन्सी। सिरियाको मध्य शहर हामाको पूर्वमा रहेको जब्रीन गाउँमा विस्फोट हुँदा चार जना सर्वसाधारणको मृत्यु भएको छ । साथै नौ जना घाइते भएको सिरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्थानीय आपतकालीन अधिकारीहरूले भग्नावशेषमुनि फसेको विश्वास गरिएका जीवित व्यक्तिहरूको खोजीमा सिरियाली नागरिक रक्षा टोलीहरूले उद्धार कार्य जारी राखेको बताएका छन् ।

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज

इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

एजेन्सी। इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ जना अझै बेपत्ता छन् । ३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताए । रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो ।

सरकारी कर्मचारीहरु समर्पित भएर काम गर्दैनन्ः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरुलै उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका

धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्छः सांसद साह

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उनले कानून बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताए । उनले संविधानमा

टर्कीमा डढेलोबाट एक जनाको मृत्यु

एजेन्सी। टर्कीले पश्चिमी र दक्षिणी क्षेत्रहरूमा लागेको भीषण डढेलोका कारण एक जनाको मृत्यु भएको छ । इज्मिर प्रान्तमा ८१ वर्षीय वृद्धको धुवाँमा निस्सासिएर मृत्यु भएको हो । मृतक आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक ओडेमिस शहर नजिकैको गाउँका वृद्ध व्यक्ति थिए । एल्बानकाअनुसार विद्युत वितरण लाइनमा त्रुटिका कारण आगलागी भएको

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण

एजेन्सी। डेनमार्कले बिहीवार आधिकारिक रूपमा युरोपेली संघ परिषद्को आलोपालो अध्यक्षता ग्रहण गरेको छ । युरोपेली आयोग र युरोपेली परिषद्का नेताहरूको भ्रमण र डेनमार्कको दोस्रो ठूलो शहर आरहसमा आधिकारिक उद्घाटन समारोहका साथ डेनमार्कले अध्यक्षता ग्रहण गरेको हो । उद्घाटन कार्यक्रममा डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डेनमार्कले अझ शक्तिशाली र निर्णायक युरोप निर्माण

मस्कोद्वारा अफगानिस्तानको अन्तरिम सरकारलाई औपचारिक मान्यता

एजेन्सी। अफगानिस्तानको विदेश मन्त्रालयले बिहीवार राति एक विज्ञप्तिमा रूसले आधिकारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दिएको बताएको छ । रूसको आरआईए नोवोस्ती समाचार एजेन्सीले पनि अफगानिस्तानका लागि रूसी विशेष राष्ट्रपति दूत जामिर काबुलोभलाई उद्धृत गर्दै रूसले अफगानिस्तानमा तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको बताएको छ । अफगानिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार

हवाई सेवा देशको कुटनीति र देशको छवि होः सांसद किराँती

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल

पुटिनसँग ट्रम्पले भनेः इरान र युक्रेनमा कुनै प्रगति भएन

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताएका छन् । टेलिफोन संवादका क्रममा उनले यस्तो बताएका हुन् । पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको बताए । रूसी राष्ट्रपतिका सहयोगी

सम्वन्धित समाचारहरु