Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

यस्तो छ असोजका लागि वाणिज्य बैंकहरुले निर्धारण गरेको नयाँ व्याजदर


काठमाडौँ। वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ ।

भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् । असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बंैकले भदौ महिनाकै व्याजदरलाई यथावत राखेका छन् । दुई वटा बैंकहरुले भने व्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५.२५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५.१८ प्रतिशत व्याजदर कायम गरेको छ ।

५ वटा बैंकले सबैभन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुछ्रे ग्लोवल आईएमई, एनएमवी र हिमालयन बैकले ६ प्रतिशत व्याजदर दिन लागेका हुन् । यीमध्ये एनआईसी एशियाले ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत व्याजदर कायम गरेको हो भने अन्य बैकहरुको भदौ महिनाकै यथावत हो ।

प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, नविल बैंकले पनि समान ५.५ प्रतिशत व्याजदर कायम गरेको छन् । यी बैंकहरुले भदौकै व्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै व्याजदर यथावत राखेका छन् । भदौमा प्रभुले ५.३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् ।

सानिमा, एभरेष्ट, सिटिजन, नेपाल बैंक, लक्ष्मी सनराईज बैंकले समान ५.२५ प्रतिशत व्याजदर तोकेका छन् । यसैगरी नेपाल एसवीआईले ५.१८, कृषि विकास बैंकले ५.०५ र कुमारी बैंकले ५.०१ प्रतिशत व्याजदर असोज महिनाको लागि तोकेका छन् । भदौमा सानिमा र एभरेष्टको समान ५.७५, सिटिजनको ५.५, नेपाल बैकको ५.४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५.२५, कृषि विकास बैकको ५.२ र कुमारी बंैकको ५.२१ प्रतिशत व्याजदर तोकिएको थियो ।


प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?