Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण


काठमाडौँ। अन्तरिम सरकारका तीन मन्त्रीहरुले भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिको मूल्याङ्कन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका छन् ।

करिव एक अर्बको लागतमा बनेको निवासहरु भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले क्षतिग्रस्त भएको थियो । सो दिन जेनजी पुस्ताका हजारौँ युवाले राजधानीमा आयोजना गरेको प्रदर्शनमा मन्त्री निवास नजिक पुगेपछि केही समूहले निवासको गेट, सिसा र सुरक्षा संरचनामा तोडफोड गरेका थिए । मन्त्रीहरूले निरीक्षणको क्रममा क्षतिको विवरण संकलन गर्दै त्यसको पुनर्निर्माण तथा मर्मतको लागि तुरुन्त आवश्यक निर्णय गरिने बताएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?