Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छः सचिव भट्टराई


काठमाडौँ। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताएका छन् । उनले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि बताएका छन् । संविधान दिवसलाई आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको स्मरणका रुपमा देशभर मनाउने पनि उनको भनाइ छ । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभुति र सहकार्यको आवश्यकता रहेको पनि बताएका छन्।

उनले भने, ‘जुन ढंगले संरचनाहरु क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरु पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं । आज काँग्रेसका उपसभापति लगायत नेताहरु आएर हाम्रो पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरुबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरु जलेका छन् । त्यसका लागि दुःख र सहानुभुति व्यक्त गर्दर्छौं । अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभुतिको रुपमा देशभर मनाउने छौं । साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तीपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं ।’

बुधवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरुको अवलोकन समेत गरेका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?