Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

संविधान दिवस देशभर मनाइन्छः काँग्रेस उपसभापति खड्का


काठमाडौँ। नेपाली काँग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ ।

पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनले बुधवार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोडफोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संविधान दिवस मनाउनका लागि आफूहरुले पार्टीको क्षेत्रीय कार्य समिति, जिल्ला सभापतिहरु, भ्रातृ संस्था, सभेच्छु संस्थाहरुलाई पनि संयमतापूर्वक संविधानलाई हातमा राखेर सबै जिल्लामा मनाउन निर्देशन दिइसकिएको बताएका छन् । संविधानको रक्षाका लागि दृढतापूर्वक संविधान दिवस मनाउने अभियानमा सरिक हुन पनि उपसभापति खड्काले सो अवसरमा सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

उनले भने, ‘हामीले कार्य सम्पादन समितिको बैठक गर्यौं । क्षेत्रीय कार्य समितिको बैठकहरु गर्यौं । जिल्ला सभापतिहरुसँग जुम मिटिङ गर्यौं । र हामी ३ गते ७७ वटा जिल्लामा जुनजुन जिल्लामा जुनजुन समिति छ । सबै ठाउँमा हाम्रो पार्टीको कार्य समितिहरु, भ्रातृ संस्थाहरु शुभेच्छुक संस्थाहरुलाई सबैलाई हामीले अनुरोध गरिसकेका छौं । सबैले संयुक्त रुपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर सविधान दिवस मनाउने छलफल गरिसकेका छौं । र तपाईहरुमार्फत पनि म सबै पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरुलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संधिाविन रक्षाको जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ । सबैलाई यही आह्वान गर्दछौं ।’

नेपाली काँग्रेसले जेन जी प्रर्दशनकारीहरुको कुटपिटबाट घाइते भई उपचार गराइरहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा पनि सुधार आईरहेको जनाएको छ । उपसभापति खड्काले सभापति देउवाको निर्देशनअनुसार पार्टी कामलाई अघि बढाउँदै लैजाने पनि बताएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?