काठमाडौ। वागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दुध उत्पादनमा गिरावट
काठमाडौँ। सरकारले संशोधन प्रश्ताव गरेको वन नियमावली, २०७९ ले व्यवसायीलाई आर्थिक शोषण हुने भन्दै आपत्ति जनाएका छन् । संशोधन प्रश्तावले निजी क्षेत्रको अनावश्यक खर्च बढाउने र सरकारी झन्झट थप्ने आरोप लगाएका छन् । वन नियमावलीको संशोधन प्रश्तावले खासगरी उर्जा उत्पादकहरु उत्रित बनेका हुन् । २०५१ मा आएको वन नियमावलीलाई सरकारले २०७९
काठमाडौँ। प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा
काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गरेकी छिन् । कुराकानीमा उनले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताइन् । उनले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्
अफगानिस्तान। पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा २ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताए ।
काठमाडौँ। अखिल नेपाल ट्रेड युनियन महासंघले स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगत सिम्खडाले सो माग गरेका छन् । उनले सो कार्यक्रमलाई सामाजिक सुरक्षा ऐन अन्तर्गत नल्याए सरकारले धान्न नसक्ने जिकिर समेत गरे ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् । सोमवार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए । उनले नेपाल विभिन्न भाषा, जाति र
काठमाडौँ।नेपाली भूभाग लिम्पियाधुराबाट चीन—भारतले व्यापारिक मार्ग खोल्ने सम्झौताको नेपालले कुटनीतिक नोटमार्फत विरोध जनाएको छ । सोमवार मन्त्रीपरिाषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले गरेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका छन् । उनले सरकारले नेपालको भूमि मिच्न पाइँदैन भनेर परराष्ट्र मन्त्रालयले कुटनीतिक नोट
काठमाडौँ।आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुले आफूहरुले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दालन गर्दै आएका उनीहरुले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् । विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई
काठमाडौँ।गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् । पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताउदै ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको जिकिर गरेका