काठमाडौं। प्रधानमन्त्री कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि
जाजरकोट। जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । त्यस्तै, कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट
काठमाडौं। काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौंबाट लासा नियमित उडान सुरु गरेको हो । त्यस्तै, काठमाडौं-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए । ‘सन् १९६५
काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो । हेलिपोर्टको
काठमाडौँ । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो, उति नै जरिवाना र ६
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नबबिबाहित नातिनी प्रतिभा पाठक र नातिनीज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका छन् । उनी सेनाको हेलिकोप्टर चढेर गाेरखा पुगेका हुन् । यी दुई विचमा अघिल्लो साता काठमाडाैँमा भव्य समाराेहविच विवाह सम्पन्न भएको थियो ।
काठमाडौं । त्रिवि स्ववियु सभापति तथा सभा सदस्य श्याम राज ओझाको नेतृत्वमा बल्खु पनिकामा विभिन्न मागहरुका साथ आन्दोलन जारी गरिएको छ। बल्खु सुधार का लागि त्रि वि सभापति ले सम्पुर्ण कलेज का स्ववियु सभापति तथा सम्पुर्ण बिद्यार्थी हरुलाइ आन्दोलनमा साथ दिनु हुन समेत आबहन गर्नु भएको छ। उनले देशको सबै
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता दक्षता र अनुभवमा आधारित खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान आज बाट नेविसंघ केन्द्रिय तदर्थ समितिले त्रिवी केन्द्रिय क्याम्पस लगायत उपत्यकाको आंगिक तथा सम्बधनप्राप्त ५१ वटा क्यामपसहरुबाट प्रारम्भ भएको छ । पुष २ गते त्रिभुवन विश्वविध्यालयको ४९ औॅ दिक्षान्त समारोह गर्दै धेरै विध्यार्थी दिक्षित
काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ । आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो भने मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । त्यस्तै, सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१
बलेवा,बागलुङ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् भने बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान