Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बैतडी, चितवन, कैलाली र भक्तपुर जिल्लामा दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा ग.२३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कञ्चन गाउँपालिका-४ बस्ने ३३ वर्षीय रमेश रानाको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीस्थित सडकमा सु.प.प्र.०१००२ ज १५३७ नम्बरको बलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका चालकसहित ३ जनालाई उपचारको लागि धनगढी कैलाली पठाइएको छ भने अन्य ४ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकासे पुल नजिक रोकी राखेको बा.५ ख २५१ नम्बरको निशान गाडीमा प्रदेश न.३ -०२-००९ न ७००७ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेलको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको छ भने हाल फरार निसान चालकको प्रहरीले खोजी गरिरहेको छ । उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-२ स्थित सडकमा बा.१८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो भने सो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ स्थित सडकमा से.६ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बाँसगढी नगरपालिका-४ बठौवागाउँ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सो स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?