Trending
>>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुनेछ: सभामुख घिमिरे


बनियानी,झापा। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताएका छन् ।

बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले समाज निर्माणका लागि महत्वपूर्ण हुने बताए।

“ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उनले भने । सो अवसरमा उनले बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । त्यस्तै, हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाइँ, सुन्दर निचाझोडाका वनका अध्यक्ष बद्री प्याकुरेलले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा अतिथिहरुले यहाँका दुई सय ४० जना ज्येष्ठ वुद्धवृद्धालाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेका थिए ।


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?