काठमाडौं। हिउँदे अधिवेशनका लागि संसद् भवनमा आवश्यक तयारी गरिएको छ । त्यस्तै, माघ २२ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि आवश्यक तयारी गरिएको हो ।
सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयले बुधबार संसद् भवनको अनुगमन गरेका छन् भने सो अनुगमनका क्रममा उनले संसदमा आफ्नो प्रस्तुतिका विषयमा कर्मचारीहरूसँग सुझाव समेत मागेका थिए ।
प्रकाशित मिति: १७ माघ २०८०, बुधबार