Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन: मन्त्री खड्का

काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनैपनि काम नगरेको दाबी गरेका छन् । शुक्रबार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भएपनि मध्यमस्तरको काम भने गरिरहेको बताएका छन् ।

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

खजुरा,बाँके। बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर र सजाय र जरिवाना तोकेको छ । उक्त कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु

 दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले  जानकारी दिए । उक्त

राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा. क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

कञ्चनपुर। थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन्

मधेश प्रदेशले अबदेखि माघ ३ गते स्वाभिमान दिवस मनाउने

काठमाडौं। मधेश प्रदेश सरकारले अबदेखि माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो। त्यस्तै, २०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ: सङ्गीता धानुक

काठमाडौं। राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई समावेशी बनाउने सन्दर्भमा दिनरात नभनी चापाचापमा काम गरियो भने अहिले हामी त्यही संविधानमा समावेश गर्न छुटेका र बाझिएका प्रावधान र कानुन मिलाउने

बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

विराटनगर। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा विलम्ब भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उक्त आन्दोलनरत कर्मचारी र शिक्षकहरूले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्‍याली आयोजना गरेका थिए । माग पूरा गर्न गम्भीर नभएको भन्दै

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

ढोरपाटन,बागलुङ। एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । उक्त गाउँमा जनशक्ति प्रशस्तै थिए, तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडा बाख्राको बथानले भरिने खर्क अहिले

बार्सिलोना सुपर कपको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने

काठमाडौं। बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । त्यस्तै, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए

सम्वन्धित समाचारहरु