Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

उच्च अदालतले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन


काठमाडाैं । उच्च अदालत पाटनले वद्री केसी समूहलाई आधिकारिकता दिन मानेन ।आज २०८० फाल्गुन २ गते वुधवार उच्च अदालत पाटनको न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवीकरण गर्न परमादेश जारी गरेको छ।

गैरआवासीय नेपाली संघको दश वर्षे अवधी गत अक्टोवर २०२३ मा पूरा हुनु पूर्वनै कुल आचार्य, रविना थापा र वद्री केसीको नेतृत्वको कार्यसमितिले नविकरणका लागि परराष्ट्र मंत्रालयमा नियमानुसाार प्रकृया पूरा गरी निवेदन दिएको थियो ।

संघको गत निर्वाचनको परिणाममा विवाद भै सरकारले छानविन समिति वनाइ छानविन गरिरहेको भएतापनि गैरआवासीय नेपाली संघको नविकरण फरक विषय भएकोले संस्थाको नविकरण गर्ने फैसला अदालतले गरेको छ ।तर फैसलामा वद्री केसीको नेतृत्वलाई आधिकारिकता भने अदालतले दिन मानेन । आजको फैसलावाट सरकार द्वारा गठित छानविन समितिको रिपोर्ट अनुसाार परराष्ट्र मंत्रालयलाई संघको नेतृत्वको आधिकारिकताको निर्णय गर्न सहज भएकोछ ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?