Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय अटिजम स्पेसलिस्टको मान्यता !


काठमाडाैं । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ। उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरू का साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ।

यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो।

जसरी गायक धीरज राईले नेपाल र बुद्धभूमिलाई संसारभरि चिनाइरहेका छन् त्यसरी नै हामी विशेषज्ञहरुले समेत आआफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्छ। विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन् जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन , आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु हुँदैन। विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको हो। यस कार्य का संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाह बताउँछन्।

मनोविद भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी ,शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?