Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय अटिजम स्पेसलिस्टको मान्यता !


काठमाडाैं । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टो मान्यता प्राप्त गरेका छन्। विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा अर्पण गरेकी वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन्।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइ बी सी सी इ एस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ। उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरू का साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ।

यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो।

जसरी गायक धीरज राईले नेपाल र बुद्धभूमिलाई संसारभरि चिनाइरहेका छन् त्यसरी नै हामी विशेषज्ञहरुले समेत आआफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्छ। विश्वका कुनाहरूमा यस्ता धेरै क्षेत्रहरू छन् जहाँ नेपाल देश भनेर समेत चिनिएको र समेटिएको छैन , आफ्नो फाइदा गर्दैगर्दा आफ्नो माटोलाई समेत बिर्सनु हुँदैन। विदेशी भूमिमा आफ्नो राष्ट्रको स्वार्थ संरक्षण गर्ने कर्तव्य सबै नेपालीको हो। यस कार्य का संयोजक तथा नेपाल एकेडेमी अफ साइकोलोजीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक उपहारजंग शाह बताउँछन्।

मनोविद भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी ,शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?