Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

महासमिति छ्नोट बिषयमा काङ्ग्रेस दोलखामा चरम बिबाद,केन्द्रिय निर्वाचन कमिटीमा उजुरी


दोलखा । नेपाली काङ्ग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया बिबादमा परेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन ५ जना महाधिवेशनमा प्रतिनिधिले महासमिति सदस्य छनोट बिधान बिपरित गरिएको भन्दै केन्द्रिय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया बिबादमा परेको हो ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये बाट पार्टी बिधान अनुसार दोलखाबाट ११ जना महासमिती सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ । सोही ११ जना महासमिति सदस्यको नाम पठाउदा पार्टीको बिधान बिपरित छनोट गरि पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु उर्मिला कार्की, जयराम श्रेष्ठ ,कुमार अधिकारी ,प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितीको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन ।

पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पुर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रुपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ ।निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरुलाइ ५० हजार रुपैयाँ जम्मा गर्न लगाइ स्वेच्छाचारी रुपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रुपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ ।

निर्वाचन समितिलाई हस्ताक्षेप गरि लोकतान्त्रिक मान्यता बिरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन निर्वाचन प्रक्रियाको आवश्यक प्रमाण सहित सहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ । यता नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा काङ्ग्रेसमा बिबाद भएको हो ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?