Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

महासमिति छ्नोट बिषयमा काङ्ग्रेस दोलखामा चरम बिबाद,केन्द्रिय निर्वाचन कमिटीमा उजुरी


दोलखा । नेपाली काङ्ग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया बिबादमा परेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन ५ जना महाधिवेशनमा प्रतिनिधिले महासमिति सदस्य छनोट बिधान बिपरित गरिएको भन्दै केन्द्रिय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया बिबादमा परेको हो ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये बाट पार्टी बिधान अनुसार दोलखाबाट ११ जना महासमिती सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ । सोही ११ जना महासमिति सदस्यको नाम पठाउदा पार्टीको बिधान बिपरित छनोट गरि पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु उर्मिला कार्की, जयराम श्रेष्ठ ,कुमार अधिकारी ,प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितीको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन ।

पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पुर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रुपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ ।निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरुलाइ ५० हजार रुपैयाँ जम्मा गर्न लगाइ स्वेच्छाचारी रुपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रुपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ ।

निर्वाचन समितिलाई हस्ताक्षेप गरि लोकतान्त्रिक मान्यता बिरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन निर्वाचन प्रक्रियाको आवश्यक प्रमाण सहित सहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ । यता नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा काङ्ग्रेसमा बिबाद भएको हो ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?