काठमाडौं। नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ। त्यस्तै, प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ । मलेसियन
धनुषा। मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँचसय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरकोतर्फबाट चाँदीका धनुष
काठमाडौं। काठमाडौं मलका व्यवसायीमाथि काठमाडौं महानगरपालिका प्रहरीले हातपात गरेको आरोप लागेको छ । महानगर प्रहरीले हातपात गरेको भन्दै सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् । त्यस्तै, व्यवसायीहरुले आफूहरु सञ्चय कोषको काठमाडौं मलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उक्त छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको
मङ्गलबारे। इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर
काठमाडौं। सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ। जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि लाठीचार्ज गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन्।त्यस्तै, प्रहरीको लाठी चार्जबाट मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवलगायत घाइते भएका छन्
काठमाडौं। नेपाल विद्यार्थी संघले माइतीघरलाई घोषणा गरिएको निषेधित क्षेत्र हटाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार रहेको उल्लेख गर्दै जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि स्वेच्छाचारिताबिरुद्ध न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा
लमजुङ। पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माण क्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । दक्षिण एशियाकै नमुना तथा स्मार्ट भिलेज लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा जन्मेका गमन घले सफल गुरुङ नायकका रुपमा स्थापित छन्
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । त्यस्तै, सम्बन्धित सङ्काय र अध्ययन