Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

काठमाडौं महानगरपालिकामा १ सय ४० स्वयंसेवकमा आवेदन खुल्यो


काठमाडौं। काठमाडौं महानगरपालिकाले १४० महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का निम्ति आवेदन खुलाएको छ ।

त्यसैगरी, २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। उक्त कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयंसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो ।

सो महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्त्वपूर्ण प्लेटफर्म हो । यसबाट सहरी वातावरण,हरित र सुन्दर विद्यालय,सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नु पर्ने झाको भनाइ रहेको छ ।

उक्त फाराम आउँदो आइतबार फागुन २० गतेसम्म भर्न सकिनेछ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?