Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमती प्रदेश सभाको बैठक आज बस्दै


मकवानपुर। बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिए । सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन भने उक्त दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?