Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हार्‍यो


काठमाडौं। त्रिदेशीय ट्वान्टी २० शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेल्न लागेका हुन् । यसअघि भएको एकदिवसीय नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । नेपालले भने नामिबियासँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको हार बेहोरेको थियो ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, अभिनाश बोहोरा, विवेक यादव, दीपेद्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप जोरा, आरिफ शेख, प्रतिश जिसी, ललित राजवंशी, र अनिल शाह रहेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?