Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

१४ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

एसियाडका लागि चार खेलाडी छनोट

१४ असार ,काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा

बजेटमा कृषि र सडकलाई प्राथमिकता

१४ असार ,बैतडी । कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरुको रु चार अर्ब ७३ करोड एक लाख ६७ हजार एक सय बराबरको बजेट सार्वजनिक भएको

ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

१४ असार ,दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको

मासु उत्पादनमा कृषकलाई अनुदान

१४ असार ,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण

तरुण दलको तदर्थ समितिमा चार सय थप

१४ असार ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन्  । सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

१४ असार ,चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो

मन्दिरको भग्नावशेषमा मूर्ति फेला

१४ असार ,काठमाडौँ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ । उक्त मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको

हावाहुरीसहित भारी वर्षाको सम्भावना

१४ असार ,काठमाडौँ । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर

बकर इद (इदुल जोहा) मनाइँदै

१४ असार ,काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि

सम्वन्धित समाचारहरु