Trending
>>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध

१९ चैत्र, भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक

उपनिर्वाचनका लागि भोली उम्मेदवारी दर्ता

१९ चैत्र, काठमाडाैँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत

प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपति पाैडेलको शीघ्र स्वास्थ्यलाभको कामना

१९ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी

भुटानका राजा वाङचुकले तीन-दिने भारत भ्रमण गर्ने

१९ चैत्र, एजेन्सी । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा. टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनको भारत भ्रमण

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

१९ चैत्र, बाँके । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

पोप फ्रान्सिसको स्वास्थ्यमा सुधार, अस्पतालबाट घर फिर्ता

१९ चैत्र, एजेन्सी । श्वासप्रश्वास (ब्रोन्काइटिस) सम्बन्धी समस्याका कारण तीन रातको अस्पताल बसाइपछि स्वास्थमा सुधार आएपछि पोप फ्रान्सिस शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । क्रिश्चियन धर्मको सबैभन्दा महत्वपूर्ण हप्ताको तयारीका लागि भ्याटिकन फर्केका उनले शनिबार आफ्ना शुभचिन्तकहरूसँग ठट्टा गर्दै आफु अझै सबै अनुयायीको सेवाका लागि अस्पतालबाट फर्केर आएको बताएका थिए

पोल्यान्डबाट १ सय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने

१९ चैत्र, एजेन्सी । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् । “युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

१९ चैत्र, एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ । जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष

कर्मले बदलिएको नाम ‘तरकारी काका’

१९ चैत्र, बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसकेका छन् । उमेरले सात दशक लाग्न

सवारीसाधनमाथि कारबाही गरी १ करोड ८९ लाख राजस्व सङ्कलन

१९ चैत्र, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन

सम्वन्धित समाचारहरु