Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सवारीसाधनमाथि कारबाही गरी १ करोड ८९ लाख राजस्व सङ्कलन


१९ चैत्र, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।

यस्तै चालु आव २०७९÷८० को आठ महिनामा पर्सा जिल्लामा भएको दुई सय ८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, तीन महिला, तीन बालक गरी ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?