Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सवारीसाधनमाथि कारबाही गरी १ करोड ८९ लाख राजस्व सङ्कलन


१९ चैत्र, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा रु एक करोड ८९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी रु एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।

यस्तै चालु आव २०७९÷८० को आठ महिनामा पर्सा जिल्लामा भएको दुई सय ८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ । पर्साको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा २७ पुरुष, तीन महिला, तीन बालक गरी ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?