Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पोल्यान्डबाट १ सय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने


१९ चैत्र, एजेन्सी । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

“युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले दक्षिणी पोलिश शहर सिमियानोविस स्लास्कीमा रोसोमाक उत्पादन स्थलको भ्रमणको क्रममा भने ।

पोल्याण्डले युरोपेली सङ्घबाट प्राप्त गरेको रकम र युक्रेनले प्राप्त गरेको अमेरिकी कोषमार्फत यो आदेशलाई आर्थिक सहयोग गरिने उनले बताए ।

रूसले सन् २०२२ को फेब्रुअरीमा पश्चिमा समर्थक पूर्व सोभियत छिमेकीमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनलाई थुप्रै आर्थिक सहयोग र हतियार उपलब्ध गराएका छन् ।

रोसोमाक फिनल्याण्डको प्याट्रियाको लाइसेन्सअन्तर्गत निर्माण गरिएको बहुउद्देश्यीय बख्तरबन्द गाडी हो ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?