Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

पोल्यान्डबाट १ सय वटा बख्तरबन्द गाडी युक्रेन पठाइने


१९ चैत्र, एजेन्सी । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

“युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले दक्षिणी पोलिश शहर सिमियानोविस स्लास्कीमा रोसोमाक उत्पादन स्थलको भ्रमणको क्रममा भने ।

पोल्याण्डले युरोपेली सङ्घबाट प्राप्त गरेको रकम र युक्रेनले प्राप्त गरेको अमेरिकी कोषमार्फत यो आदेशलाई आर्थिक सहयोग गरिने उनले बताए ।

रूसले सन् २०२२ को फेब्रुअरीमा पश्चिमा समर्थक पूर्व सोभियत छिमेकीमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनलाई थुप्रै आर्थिक सहयोग र हतियार उपलब्ध गराएका छन् ।

रोसोमाक फिनल्याण्डको प्याट्रियाको लाइसेन्सअन्तर्गत निर्माण गरिएको बहुउद्देश्यीय बख्तरबन्द गाडी हो ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?