Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो


१९ चैत्र, एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ ।

यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ ।

जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पु¥याउन प्रत्येक दुई वर्षमा एक वर्ष थप गर्ने बताएको छ ।

जापानको राज्यद्वारा दिइने निवृत्तिभरण उमेर ६० बाट ६५ मा वृद्धि गरिएको छ । यो अवधिमा जापानी नागरिकले आम्दानीविहीन अवधिको सामना गर्नुपर्ने भएपछि यो मुद्दालाई हाल पुनः रोजगार विधि मार्फत् समाधान गरिएको छ ।

जापान सरकारले वृद्ध कामदारहरूले सेवानिवृत्तिको उमेर बढाएर युवा सहकर्मीहरूलाई उनीहरूको अनुभवमा मद्दत गर्न सक्ने बताएको छ ।

यसैबीच, निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ अहिले सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?