काभ्रे । पाँचखाल -६, ३७ किलो स्थित केहिबेर अघि भएको दुर्घटनामा सिन्धुली घर भएका वर्ष २८ का चालक रमेश ठाडाको मृत्यु भएको छ ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताउनु भयो ।
काभ्रे । सडकबाट ७० मिटर तल झर्यो आइचर । पाँचखाल नगरपालिका वडा न ६ केराघारी ३७ किलोमा अरनिको राजमार्गमा आइचर गाडी ७० मिटर तल झर्दा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्राेतः केशवराज पाैडेल
काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो । दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
ललितपुर। आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)की इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस भएको छ। प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो। अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ।
संघीय संसदको चौथो अधिवेशन बजेट बाहेक ९ वटा विधेयक पास गरेर अन्त्य भएको छ । यो अधिवेशनमा ३ वटा सरकार परिवर्तन भए । राजनैतिक रुपमा अस्थिर अवस्था सिर्जना भएपनि संसदले बजेटसहित विधेयकहरु पास हुनु सुखद् पक्ष हो । तर संसद सञ्चालनको सघनता र महत्वको आधारमा संघीय संसदको गरिमा खस्केको टिप्पणी
काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर नै सरकार अघि बढिरहेको बताउदै उनले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य हातेमालो गर्न चाहेको
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली
काठमाडौं। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह उत्पादन क्षमता बढाउने र स्थानीय तह उत्पादनसँग जाेडिने गरी काम गर्नुपर्ने बताएका छन्। आर्थिक मामिला तथा याेजना मन्त्रालय बागमती प्रदेशकाे आयाेजनामा भएकाे राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धि रामेछाप भएकाे स्थानिय तहसँगकाे अन्तरक्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।