बागलुङ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटनस्थित बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको
झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट
बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् । तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया
एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ
बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ । बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको
काठमाडौँ । कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२
काठमाडौँ । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरुवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौँ महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए। उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए। उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि
काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै आज बिहानै काठमाडौँको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।