Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेनः सञ्चारमन्त्री


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताएका छन् ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताए ।

उनले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्व बढ्ने बताउदै उनले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गरेका छन् । उनले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताएका छन् ।

उनले भने, ‘हामी यो कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्नेकुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेशल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । त्यसले हाम्रो गण्डकी प्रदेशको,पर्यटन, उद्योग लगायत अरु क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ । यसले पर्यटनको विकास त छँदैछ । अरु क्षेत्रको विकास पनि हुन्छ । हामी एउटा निश्चित क्षेत्र भित्र छौँ । यो रेक्ट एंगल भित्र नै आर्थिक गतिविधि हुने हो । लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ एयरपोर्ट यि चार वटा इन्टरनेशनल एयरपोर्टभित्र त्यसको दायरा पनि त्यसको कम्पाउण्डभित्र पर्छ । यो भित्रको सबै चिज इकोनोमिक जोनको रुपमा डेभलप हुनसक्ने सम्भावना छ ।’

सञ्चारमन्त्री गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताए।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?