चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहका बीच अवार्ड वितरण
रुपन्देही । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय एपीएफ क्लबले हात पारेको छ । पाल्पामा भएको फाइनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई रोक्दै उपाधि विभागीय एपिएफले हात पारेको हो । लगातार दुई खेल जितेको बागमतीसँग दवावमा परेको एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेको हो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।nजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागिता राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ । बैठक बिहान ९ बजे बोलैएको छ। बैठकमा यसघि केन्द्रिय कमिटीमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन। महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख,
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनानुसार करिब
काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अभियान चलाउनेलाई प्रक्राउ गर्ने चेतावनी दिएको केहीबेरमै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जवाफ फर्काउदै प्रसाईँले बैंकको ब्याज नतिर्नेलाई पक्राउ गरेर देखाउन भनेका छन् । अर्थमन्त्री पुनले विहीबार बैंकरहरुसँगको भेटमा बैंकको ऋण नतिर्न उक्साउनेहरुलाई नियन्त्रणमा लिने बताए प्रसाईले बैंकले अचाक्ली ब्याज बढाएर घरजग्गा लिलामी