Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीमा संसद बैठकमा रास्वपा सांसदहरू (फाेटाे फिचर)


काठमाडाैं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टीमको समर्थनमा जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्ड्ससँग छ ।

सांसद् निशा डाँगी भन्छिनः आज नेपालले क्रिकेटको महासङ्ग्राम टि-ट्वेन्टी विश्वकप २०२४ मा आफ्नो पहिलो खेल खेल्दैछ। पारस खड्काको नेतृत्वमा १० वर्षअघि विश्वकपमा सहभागी नेपाली टिमको प्रदर्शन टेलिभिजनमा हेरेर हुर्किएको पुस्ताले आज नेपालको प्रतिनिधित्व गर्दै विश्वकप खेल्दैछन्।

यो १० वर्षमा एउटा सिङ्गो पुस्ता हुर्किएको छ, हाम्रो सपना हुर्किएको छ। खेलकुदको विश्वमञ्चमा नेपालको सशक्त चिनारी दिने अवसर हामीले पाएका छौँ। यो आफैँमा एउटा जीत हो। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई यो उपलब्धिका लागि अत्यन्तै धेरै बधाई दिन चाहन्छु। तपाईँहरू निर्धक्क भएर खेल्नुहोस्, हामी सम्पूर्ण नेपाली नागरिक तपाईँहरूको साथमा छौँ।
उत्कृष्ट प्रदर्शनको शुभकामना !


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?