Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीमा संसद बैठकमा रास्वपा सांसदहरू (फाेटाे फिचर)


काठमाडाैं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टीमको समर्थनमा जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्ड्ससँग छ ।

सांसद् निशा डाँगी भन्छिनः आज नेपालले क्रिकेटको महासङ्ग्राम टि-ट्वेन्टी विश्वकप २०२४ मा आफ्नो पहिलो खेल खेल्दैछ। पारस खड्काको नेतृत्वमा १० वर्षअघि विश्वकपमा सहभागी नेपाली टिमको प्रदर्शन टेलिभिजनमा हेरेर हुर्किएको पुस्ताले आज नेपालको प्रतिनिधित्व गर्दै विश्वकप खेल्दैछन्।

यो १० वर्षमा एउटा सिङ्गो पुस्ता हुर्किएको छ, हाम्रो सपना हुर्किएको छ। खेलकुदको विश्वमञ्चमा नेपालको सशक्त चिनारी दिने अवसर हामीले पाएका छौँ। यो आफैँमा एउटा जीत हो। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई यो उपलब्धिका लागि अत्यन्तै धेरै बधाई दिन चाहन्छु। तपाईँहरू निर्धक्क भएर खेल्नुहोस्, हामी सम्पूर्ण नेपाली नागरिक तपाईँहरूको साथमा छौँ।
उत्कृष्ट प्रदर्शनको शुभकामना !


प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?