काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्। समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने बताएका हुन् । उनले अबदेखि कार्यालयमा समयमा नभेटिने
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुन सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमा नाका आजदेखि पुन सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् । वैशाख ७ गते देखि उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४
संखुवासभा। आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्ने खबर पछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर जायन्ट्सले आठ विकेटको शानदार जित निकालेको छ। लखनउको जितका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ औ ओभरमा मात्र २ विकेट गुमाएर १८० रन
गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताएका