Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

रामहरि खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ


काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । श्रेष्ठलाई खतिवडाले नेपालमा स्वागत गरेका छन् ।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्युम भएको घटनामा ओखलढुङगा चिशंखुगढी ३ का भुवन र धादिङको पहलमान मगरलाई दुबईको अदालतले मृतक परिवारलाई ५० लाख ब्लडमनि नबुझाए दुबै जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि कांग्रेस सांसद एवं राज्य व्यवस्था समिति सभापति खतिवडाले सदन र सम्पूर्ण निकायहरुमा क्रियाशिल रुपमा आवाज उठाउँदै पहल गरेका थिए भने रकम संकलनका लागि अभियान समेत प्रारम्भ गरेका थिए ।

मृत्युदण्ड सजाय पाएका दुबै युवा सजायबाट मुक्त भएका छन् । श्रेष्ठ स्वेदश फर्केका छन् भने मगर यसै साता फर्किने तयारीमा छन् । नेपाली युवा सजाय मुक्त भई स्वदेश फर्केपछि सभापति खतिवडाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘भुवन श्रेष्ठ र पहलमान मगरको बचाउ अभियानमा जोडिएको सबै राम्रो मनहरुमा हार्दिक बधाई,’ खतिवडाले फेसबुकमा लेखेका छन्, ‘ओखलढुङगा चिशंखुगढी-०३ को भुवन श्रेष्ठ नेपाल आइसक्नु भएको छ र धादिङको पहलमान मगर पासपोर्टको केही कामहरु बाँकी रहेकोले १/२ दिनमा नेपाल आइपुग्नु हुन्छ भनेर दूतावासले जानकारी गराएको छ।’

आफ्नो छाक टारेर यति धेरै रकमको व्यवस्थापन गर्न खटिनेलाई विशेष धन्यवाद दिँदै खतिवडाले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालिन परराष्ट्रमन्त्री, सचिवलगायत अभिभानमा लाग्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?