Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

रामहरि खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ


काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । श्रेष्ठलाई खतिवडाले नेपालमा स्वागत गरेका छन् ।

साथीलाई अस्पताल लैजाने क्रममा मृत्युम भएको घटनामा ओखलढुङगा चिशंखुगढी ३ का भुवन र धादिङको पहलमान मगरलाई दुबईको अदालतले मृतक परिवारलाई ५० लाख ब्लडमनि नबुझाए दुबै जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि कांग्रेस सांसद एवं राज्य व्यवस्था समिति सभापति खतिवडाले सदन र सम्पूर्ण निकायहरुमा क्रियाशिल रुपमा आवाज उठाउँदै पहल गरेका थिए भने रकम संकलनका लागि अभियान समेत प्रारम्भ गरेका थिए ।

मृत्युदण्ड सजाय पाएका दुबै युवा सजायबाट मुक्त भएका छन् । श्रेष्ठ स्वेदश फर्केका छन् भने मगर यसै साता फर्किने तयारीमा छन् । नेपाली युवा सजाय मुक्त भई स्वदेश फर्केपछि सभापति खतिवडाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘भुवन श्रेष्ठ र पहलमान मगरको बचाउ अभियानमा जोडिएको सबै राम्रो मनहरुमा हार्दिक बधाई,’ खतिवडाले फेसबुकमा लेखेका छन्, ‘ओखलढुङगा चिशंखुगढी-०३ को भुवन श्रेष्ठ नेपाल आइसक्नु भएको छ र धादिङको पहलमान मगर पासपोर्टको केही कामहरु बाँकी रहेकोले १/२ दिनमा नेपाल आइपुग्नु हुन्छ भनेर दूतावासले जानकारी गराएको छ।’

आफ्नो छाक टारेर यति धेरै रकमको व्यवस्थापन गर्न खटिनेलाई विशेष धन्यवाद दिँदै खतिवडाले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालिन परराष्ट्रमन्त्री, सचिवलगायत अभिभानमा लाग्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?