Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


राजीनामा बुझाएको एक महिनापछि काममा फर्किए वडाध्यक्ष

१८ श्रावण, दाङ । दाङका एक वडाध्यक्ष काममा फर्किएका छन् । राजिनामा बुझाएका भनिएका घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन् । उनले बिहीबारबाट काम थालेका छन् । गत असार १० गते उनले राजीनामा बुझाएको बताएका थिए । उनले पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै राजीनामा दिएका थिए

ताप्लेजुङमा पनि आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

१८ श्रावण, ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३  आँखाका बिरामीमध्ये १२ मा आँखा

एसइई खारेज गर्ने प्रस्ताव संसद्मा पठाउन स्वीकृत

१८ श्रावण, काठमाडाैँ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत

सहकारी पीडितले बिजुलीबजारमा गरे आन्दोलन

१८ श्रावण, काठमाडाैँ । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् । जसका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् । समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना

खोकना जग्गा विवाद समाधान समितिको म्याद तीन महिना थप्ने सरकारको निर्णय

१८ श्रावण, काठमाडाैँ । सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जंगा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले वैशाख ५ गते

छानबिन नगरिने भए सुन पक्राउ पर्ने नै थिएन : मन्त्री शर्मा

१८ श्रावण, काठमाडाैँ । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन् ।

भारत र रूसबीच १२० वटा विद्युतीय रेल उत्पादन गर्ने सम्झाैता

१८ श्रावण, एजेन्सी । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड(आरभिएनएल) बीच सम्झौता

बढ्दै छ गलैँचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात

१८ श्रावण, काठमाडाैँ । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी

रासायनिक मलको प्रयोगले माटोको गुणस्तर घट्दै

१८ श्रावण, कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्रांगारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्रांगारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको जानकारी दिए । उनका

सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९÷०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा

सम्वन्धित समाचारहरु