सविन धमला सन् २०२६ को फेब्रुअरी महिना दक्षिण एशियाको राजनीतिक इतिहासमा एउटा यस्तो मोड बन्यो जसलाई आगामी धेरै वर्षसम्म सम्झिइनेछ । बंगलादेशमा भर्खरै सम्पन्न आम निर्वाचनको नतिजाले सत्ता समीकरण मात्र बदलेको छैन यसले हाम्रो जस्तो विकासोन्मुख र भूराजनीतिक चेपुवामा परेका देशहरूको सोच्ने तरिका नै बदलिदिएको छ । लामो समय शासन
लण्डन । बेलायत सरकारले राजकुमार एन्ड्रयुलाई राजकीय उत्तराधिकारको सूचीबाट हटाउने नयाँ कानुन ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री लुक पोलार्डले बीबीसीसँग एन्ड्रयु राजा बन्न नपाउने व्यवस्था गर्नु नै उचित हुने बताएका छन्। यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र पद दुरुपयोगको आरोपमा अनुसन्धान झेलिरहेका एन्ड्रयु हाल उत्तराधिकारमा आठौँ स्थानमा छन्। उनलाई
एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै अदालतले भनेको छ कि राष्ट्रपतिले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन अन्तर्गत राष्ट्रिय आपतकालको नाममा लगाएका आयात ट्यारिफहरू असंवैधानिक छन् । यो ऐनले राष्ट्रपतिलाई यस्ता ट्यारिफ लगाउने अधिकार दिँदैन ।
काठमाडौँ । सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् । यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना
काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १९ अन्तर्गत यटखा बहाल क्षेत्रमा स्थापना गरिएको फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन गरिएको छ । शुक्रवार वडा अध्यक्ष राजेश श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित निकायको प्रतिनिधित्व रहेको थियो । उद्घाटनपछि सो पाइपलाइनको व्यावहारिक परीक्षण समेत गरिएको थियो ।
काठमाडौँ । ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ । यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि वागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो । प्रदर्शनीमा वागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन्
काठमाडौँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो । सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा
काठमाडौँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान