Trending
>>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

समाचार


रास्वपाको कुनै दलसँग दुश्मनी छैन : सभापति लामिछाने

३० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ

महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

३० चैत्र, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो

म्यान्मार सैनिक हवाई हमलाः १३३ जना मारिए

३० चैत्र, एजेन्सी। म्यान्मारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो

आफ्नै बहिनी पर्नेलाई ३५ हजार भारूमा बिक्री गर्ने तामाङ पक्राउ

३० चैत्र, काठमाडाैँ । नातामा आफ्नै बहिनी पर्नेलाई बिक्री गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ओम बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार प्रेम लामा भनिने ओम तामाङले नातामा आफ्नै बहिनी पर्नेलाई भारतको दिल्लीमा रहेको वेश्यालमा बेचेको पाइएको

रोजगारीका लागि साउदी गएका पदम आफ्नै कोठामा मृत भेटिए, शव नेपाल ल्याउन पहल सुरू

३० चैत्र, काठमाडाैँ । पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ । बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए । चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएकाे मृतकका दाजु श्यामबहादुर बुढाथोकीले

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलहरूको सिभिल अस्पतालमा निः शुल्क स्वास्थ्य परीक्षण

३० चैत्र, काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलहरूको स्वास्थ्य परीक्षण गरिएको छ । बिहीबार बिहान काठमाडाैँको सिभिल अस्पतालमा क्रिकेट टोलीका सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो । क्रिकेट टोलीका खेलाडी र अफिसियहरूको स्वास्थ्य परीक्षण अस्पतालले निः शुल्क रूपमा गरेको जानकारी दिइएको छ । नेपाली राष्ट्रिय टोलीले विश्वकप छनाैटमा स्थान

हुम्लाको ताँजकोटमा आँखा शिविर

३० चैत्र, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो ।

मन्त्री छान्न शेखर कोइराला-गगन थापा समूहले सुरू गरे छलफल

३० चैत्र, काठमाडाैँ । मन्त्री छान्नका लागि नेपाली कांग्रेसका डा. शेखर कोइराला-गगन थापा समूहले छलफल सुरू गरेका छन् । कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान सहित उनीहरूले छलफल सुरू गरेका हुन् । पछिल्लो पटकको मन्त्रिमण्डल बिस्तारमा नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । तर पनि को मन्त्री बन्ने टुंगो नलाग्दा ४

कर्मचारी अभावले सेवाग्राही मारमा

३० चैत्र, बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा

मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

३० चैत्र, भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि

सम्वन्धित समाचारहरु