Trending
>>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

२८ वैशाख, काठमाडाैँ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ । सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

२८ वैशाख, ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् । क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या

भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न थिए भन्ने तथ्य जेठ ४ गते खोल्छु : ओली

२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै  ओलीले यो प्रकरणमा आफुले पनि तथ्यहरू खोजिरहेको बताएका हुन् । ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु ।

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

२८ वैशाख, एजेन्सी। टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन

दुर्गमबस्तीको समस्या: विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

२८ वैशाख, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी छिन् । अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उनी बिहान सबेरै उठेर विद्यालयका

तातोपानी नाका आंशिक निर्यातमा सीमित

२८ वैशाख, सिन्धुपाल्चोक । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् ।

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२८ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । आगामी जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले

भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु : केपी ओली

२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो अनुसन्धान महत्वपूर्ण भएको पनि बताएका छन् । ‘एक ढंगले भन्ने

ट्युनिसियाको सिनेगोग नजिक भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ६ पुग्यो

२८ वैशाख, एजेन्सी । दक्षिणी ट्युनिसियाको जेर्बा टापुमा रहेको ला घ्रिबा सिनेगोग नजिक मङ्गलबार राति भएको गोलीकाण्डमा आक्रमणकारीसहित छ जनाको मृत्यु भएको ट्युनिसियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । “पीडितहरू मध्ये तीनजना नेशनल गार्डका एजेन्ट, दुई नागरिक र एक फ्रान्सेली र अर्को ट्युनिसियाली–फ्रान्सेली नागरिक रहेको मन्त्रालयले विज्ञप्तिमार।फत जनाएको छ । घटनाबारे

टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला

२८ वैशाख, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ । हरिपूर्वा र सङ्ग्रामपुर बिचमा पर्ने हरिपूर्वा नगरपालिका १ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सो वर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा

सम्वन्धित समाचारहरु