Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगित


१९ जेठ, काठमाडाैँ । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।

यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए ।

उनले उक्त समूहले सामाजिक सञ्जालबाट अपमानसहित भ्रम सिर्जना गरी अर्काे स्थानमा महाधिवेशन गर्ने धम्की दिएपछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको अनुरोधका आधारमा महाधिवेशन स्थगन गर्नुपरेको बताए ।

सङ्घका महासचिव राजेन्द्र गौतमले बेग्लै विज्ञप्ति जारी गरी विकृत मानसिकता देखिने गरी एकपक्षीयरुपमा अध्यक्षले महाधिवेशन स्थगनको सूचना दिएको आरोप लगाउँदै महाधिवेशनलाई भेलाका रुपमा रुपान्तरण गरी कार्यक्रम निरन्तरता दिइनुपर्ने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?