Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगित


१९ जेठ, काठमाडाैँ । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।

यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए ।

उनले उक्त समूहले सामाजिक सञ्जालबाट अपमानसहित भ्रम सिर्जना गरी अर्काे स्थानमा महाधिवेशन गर्ने धम्की दिएपछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको अनुरोधका आधारमा महाधिवेशन स्थगन गर्नुपरेको बताए ।

सङ्घका महासचिव राजेन्द्र गौतमले बेग्लै विज्ञप्ति जारी गरी विकृत मानसिकता देखिने गरी एकपक्षीयरुपमा अध्यक्षले महाधिवेशन स्थगनको सूचना दिएको आरोप लगाउँदै महाधिवेशनलाई भेलाका रुपमा रुपान्तरण गरी कार्यक्रम निरन्तरता दिइनुपर्ने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?