Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै


१९ जेठ, काठमाडाैँ । खाद्य तथा गुण नियन्त्रण विभागले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बिहीबारदेखि सुरु भएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन आयोजना गरी खाद्य स्वच्छता सप्ताहमा आमउपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम गरिने जानकारी दिएको छ ।

विभागका अनुसार स्वस्थ तथा सबल जनशक्ति राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार स्तम्भ भएकाले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपानलाई महत्व दिनु यस सप्ताहको उद्देश्य रहेको छ । विभागका अनुसार यस अवधिका विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुगमन निरीक्षण एवं स्तरीकृत गरी लोगो वितरण गरिनेछ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर प्रत्येक वर्ष करिब ५५ करोड मानिस बिरामी हुने गरेका छन् भने अस्वस्थकर खाना उपभोगले दुई लाख ३० हजारको मृत्यु हुने गरेको छ । डब्लुएचओको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोग लाग्ने गरेको पाइएको छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?