Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बाटो भत्किँदा १७ बालबालिकासहित १८ जना घाइते


१९ जेठ, एजेन्सी । क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा स्थानीय समयअनुसार बिहान १० बजेभन्दा केही समयअघि सेन्ट जोन्स–रेभेन्सकोर्ट विद्यालयका १० देखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फिल्ड ट्रिप’मा गएका बेला दुर्घटना भएको थियो ।

पाँच मिटर अग्लो पदमार्ग भत्किँदा केही बालबालिका सोझै खसेका थिए भने अन्य चिप्लिएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरा उन्मुख रहेको अस्पताल स्रोतले बताएको छ ।

सिटी अफ विन्निपेगका प्रवक्ताले निरीक्षकहरू घटनास्थलमा उपस्थित हुने र प्रान्तीय कार्यस्थलको सुरक्षा र स्वास्थ्य जाँच गरिने बताएका छन् ।

“हाम्रो रेकर्डहरूको प्रारम्भिक खोजीले सन् २००४ र २०१४ मा उक्त पैदल मार्गको मर्मत गरिएको थियो ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?