काठमाडौँ। नेपाल सरकारले उपहार स्वरुप कतारलाई दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली बुधवार त्यसतर्फ उडेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठाइएको हो । हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् ।
काठमाडौँ। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहेका नेता पोखरेलले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनव्र्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसैको लागि
काठमाडौँ। अग्रता जोगाउन नसक्दा भूटानको ट्रान्सपोर्ट युनाइटेड साफ महिला क्लव च्याम्पियनसिपमा पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरी नतिजा सामना गर्न बाध्य भएको छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा दुवै टोली पहिलो जित र गोल
काठमाडौँ। सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएका छन् । आफूहरुको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँग
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै उनले सुशासन र
ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन–जीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताएका छन् । तर जेन–जीहरुले पछिल्लो
काठमाडौँ। चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो । समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन्
काठमाडौँ। नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् । राजदुत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको
काठमाडौँ। जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।
जनकपुर। भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ । भारतको वीरगञ्जस्थित महावाणिज्य दुतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप