Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

२९ ,असोज ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । आज र भोलि हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ । फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

२९ ,असोज ,गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । “स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा

धादिङवेसीमा राष्ट्रिय विभूति साख्वाको सालिक

२९ ,असोज ,मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो । राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।

पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

२९ ,असोज ,काठमाडौँ । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले

एनआरएनए उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ:गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

दशैमा सरकारको राहत: पेट्रोलको प्रतिलिटर ११ र डिजलको ५ रुपैयाँ घट्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सम्मान र प्रमाणपत्र दिएर ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को समापन

काठमाडौँ : ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ राइडर्सलाई प्रमाणपत्र दिएर समापन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश, १७ जिल्ला, १००० किलोमीटर यात्रा गरेका राइडर्सलाई प्रमाणपत्र दिएर ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को समापन गरिएको

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

२८ ,असोज ,कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार

‘विगतका आर्थिक भारले सरकार थिचिएको छ’

२८ ,असोज ,तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विगतका सरकारको आर्थिक दायित्व अहिलेको सरकारले बहन गर्नुपर्ने अवस्था रहेको बताउँदै विगतका दायित्व वर्तमान सरकारमा थपिएको उल्लेख गरेकि छन् । बिजौरी उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले अघिल्लो वर्षको आर्थिक दायित्वको भारले वर्तमान सरकार थिचिएको गुनासो

वीरगञ्जमा नयाँ स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

२८ ,असोज ,पर्सा । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो । मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको

सम्वन्धित समाचारहरु