Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

धादिङवेसीमा राष्ट्रिय विभूति साख्वाको सालिक


२९ ,असोज ,मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो ।

राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।

सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनःनिर्माण गरिएको छ । गाउँगाउँबाट सदरमुकाम आइपुगेका सुस्ताउने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ ।

स्थानीय दाताबाट सङ्कलन भएको रु तीन लाख ७५ हजार, बीचबजार टोल सुधार समितिको कोषमा रहेको एकलाख ९४ हजार तीन सय गरी कूल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुङ्गेधारा र विश्रामस्थलको संरचना निर्माण पूरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

चौबिसैँ घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुङ्गेधारा निर्माण गरिएको छ । भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय सविभूति शङ्खधर सख्वाको सालिक निर्माण भइरहेको उनले बताए । चौतारो, ढुङ्गेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ ।

सहयोगी दाताबाट सङ्कलन भएको एक लाख ५४ हजार छ सय र गणेश मन्दिर संरक्षण समितिको कोषबाट दुई लाख ५७ हजार गरी रु चार लाख ११ हजार छ सयबाट मन्दिरको पुनःनिर्माण गरिएको समितिका संरक्षण समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?